Total views

Sunday, June 7, 2020


लुकीलुकी
मन बहादुर खत्री
इस्मा२ हस्तिचौर, गुल्मी

किन किन तिमीलाई हेर्छु लुकीलुकी
देखे पछि बल्ल सास फेर्छु लुकीलुकी

छैन जीवन मेरो यदि तिमी तर्की गए
आउन बस मुटुमा यो बेर्छु लुकीलुकी

जुनीजुनी सुख दुःख साटी बसौंला नि
ठेर्नै परे युगौ युग ठेर्छु लुकीलुकी

दियौ भने खाली सिउदो भर्न तयार छु
जीन्दगीको रुपरेखा केर्छु लुकीलुकी

दिन्न केही दुःख तक्लीत सही मार्ग लिन्छु
देवी तिम्रो मन्दिर घेर्छु लुकीलुकी

स्वर्गकी परी (गजल)

स्वर्गकी परी (गजल): स्वर्गकी परी, धर्तीमा झरी, समाई उसैले

काइदाको अतित

काइदाको अतित: फाटेको टोपी टालेको जाँगे लगाको सम्झिएँ
पढेर स्कूल घरको काम सगाको सम्झिएँ