पल्पल्मा मरें म तिम्रो
लागि मर्दिन अब त
रहेछ झुठो विश्वास
तिम्रो पर्दिन अब त
वेचैन पार्दै अरुको मन म हाँस्न सक्दिन
रमाउनु तिमी कसैको
खुशी हर्दिन अब त
टिपेर फूल गुराँस लाली पहाडी पाखाको
भराउने आश थ्यो भकारी
मनको भर्दिन अब त
ठानेर आफ्नै जीवन साथी सर्वथोक सुम्पिएँ
गरेछु भुल नजिक तिम्रो
सर्दिन अब त
लेखेको हुन्छ भावीले यहाँ देखेको हुँदैन
विन्ती छ प्रिय नगर्नु
फोन गर्दिन अब त
मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी
इस्मा–२ हस्तिचौर, गुल्मी

No comments:
Post a Comment