गजल
मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी
आँखामा तिम्रो तस्विर
भरी जीन्दगी थाम्दै छु
सम्झेर एक स्वर्गको
परी जीन्दगी थाम्दै छु
फुल त धेरै फुल्दछन्
बहु रङ्गका बगैंचा
खुसुक्क वस्ती
तिम्रोमा सरी जीन्दगी थाम्दै छु
धेरै छन् बाटा गोरेटा
यहाँ मार्ग त तिमी हौ
छल्दी र निस्ती खोला
ती तरी जीन्दगी थाम्दै छु
आकृति तिम्रो लाग्दछ
प्यारो ज्यान यो भन्दा नि
अस्तित्व मेरो
सुम्पिने गरी जीन्दगी थाम्दै छु
नदिनु बास यात्रीले
माग्ला बुनेर जाल त्यो
मुटुमा तिम्रो यो मन
चरी जीन्दगी थाम्दै छु
Good keep it up Mohan sir.
ReplyDeleteशुभ दिउँसो, तपाईलाई कस्तो छ? म ब्राजिलियन हुँ र मँ मेरो ब्ल्गका लागि नयाँ अनुयायीहरूको खोजी गर्दैछु। म तपाईंलाई पछ्याउन पनि सक्छु। नयाँ साथीहरुलाई पनि स्वागत छ।
ReplyDeletehttps://viagenspelobrasilerio.blogspot.com/?m=1